PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार



रासस

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
प्रतीकात्मक तस्बिर। फाइल फोटो

  • रामचन्द्र न्यौपाने -

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ। सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए।

चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ।
 

आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनको उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ। बिपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याएको उनका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिए। 'पेटमा शिशु उल्टो रहेको छ भन्नुभयो डाक्टरले। सुर्खेत लैजानुपर्छ भन्नुभयो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell