PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

रुकुम पश्चिमका दुई जनाको धनगढीमा पीसीआर परीक्षणमा पोजेटिभ देखायो, स्वाब पठाइयो काठमाडौं



एम बम

रुकुम पश्चिमका दुई जनाको धनगढीमा पीसीआर परीक्षणमा पोजेटिभ देखायो, स्वाब पठाइयो काठमाडौं

धनगढी : धनगढीमा दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएको थियो। जसमध्ये रुकुम पश्चिमका मात्रै ३९ जनाको स्वाब थियो। त्यसमा रुकुम पश्चिमका दुई जनाको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीर मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो।

उनीहरुको रिपोर्ट सुर्खेत पठाइएको छ। सुर्खेतबाट पुनः परीक्षणका लागि काठमाडौं पठाइएको स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell