PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनमा पशुपति क्षेत्र: साधुसन्त, साँढे, फोहोर र अलपत्र मजदुरको फोटोकथा

लकडाउनमा पशुपति क्षेत्र: साधुसन्त, साँढे, फोहोर र अलपत्र मजदुरको फोटोकथा

पहिलोपोस्ट /पहिलोपोस्ट


लकडाउनले देश ठप्प छ। चारैतिर कोरोनाको त्रास छ। धेरैले नेपाललाई कोरोना भाइरसबाट पशुपतिनाथले बचाउँछ भन्ने गर्छन्। त्यसो त कोरोनाको त्रास र लकडाउनले देश पूर्ण ठप्प हुँदा पशुपतिमा सामान्य चहलपहल देखिन्छ। यहाँ साधुसन्त दैनिक पुजापाठमा देखिन्छन् भने अलपत्र मजदुरलाई भोजन गराइरहेका थुप्रै सामाजिक स्वयंसेवक कार्यकर्ता छन्। त्यसैगरी साँढेहरु, गाईगोरु पनि यहाँ छन्। मुख्य कुरो लकडाउनकै कारण यहाँको फोहोर समेत उठेको छैन। पशुपति अहिले अलपत्र मजदुरको आश्रय स्थलजस्तो बनेको छ। फोटोमा हेर्नुस पशुपति क्षेत्र:

पशुपति क्षेत्रमा साँढे। यहाँ साँढेलाई समेत पशुपतिनाथ मन्दिरभित्र प्रवेशमा रोक लगाइएको छ।
पशुपति क्षेत्रको मन्दिरमा आराम गर्दै साधु। लकडाउनपछि यहाँ नयाँ साधु आएका छैनन्।
खाना खान पशुपति क्षेत्रमा आएका मजदुर। लकडाउनपछि पशुपति क्षेत्रमा भोजन ग्रहणका लागि आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।
लकडाउनमा आफ्नो कुटियामा पूजापाठ गर्दै पशुपतिका साधुहरु।
पशुपति क्षेत्रमा साधुसन्त बस्ने कुटियाभित्र साँढे।
लकडाउनमा पशुपति क्षेत्रमा देखिएको फोहोर। कर्मचारी अभावले यहाँ सरसफाइ गर्न सकिएको छैन।


ट्रेन्डिङ पोस्ट

Ncell