PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

डाक्टरलाई कुटपिट प्रकरणः वृत्तका प्रमुख डिएसपीलाई जिम्मेवारीबाट हटाइयो



पहिलोपोस्ट

डाक्टरलाई कुटपिट प्रकरणः वृत्तका प्रमुख डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौः ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानविनका लागि महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्साललाई कार्यालयमा तानेको छ।

बुधवार राति तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको थियो।

कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले राति ८ बजे कुटपिट गरेको थियो। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको हो।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। घटनाको छानविन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।

बुधवार राति चिकित्सकसँग विवाद भएपछि प्रहरीले लाठी प्रहार गरेका थिए। एसएसपी किरण बज्रचार्यको नेतृत्वमा छानबिन सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell