PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अस्पतालमा बाल विभाग निर्माणका लागि एड सेरनले गरे आर्थिक सहयोग



पहिलोपोस्ट

अस्पतालमा बाल विभाग निर्माणका लागि एड सेरनले गरे आर्थिक सहयोग
Photo credit : Metro UK

बेलायती पप स्टार एड सेरनले एक अस्पतालको बाल विभागका लागि आर्थिक सहयोग गरेका छन्। सफ्फोल्कका स्थानीय उनले त्यहीको इप्सविच अस्पतालमा बाल विभाग निर्माणका लागि रकम हस्तान्तरण गरेका हुन्।  

इप्सविच अस्पतालका प्रमुख कार्यकारी निक हल्मेले भने,'सेरनले जति रकम अस्पतालका लागि दिएका छन् त्यसले निकै ठूलो अर्थ राख्छ। धेरै कुरा परिवर्तन हुन्छन्।' उनले उक्त सहयोगलाई सुन्दर उपहारसँग तुलना गरेको बीबीसीमा जनाइएको छ। तर, कति रकम सहयोग गरेका हुन् भन्ने बारे भने खुलाइएको छैन। 

सेरनको तर्फबाट भने सहयोग बारे कुनै जानकारी आइसकेको छन्।

ग्लोबल चार्ट टपर सेरनले यसअघि सफ्फोल्ककै युवा संगीकर्मीहरुका लागि सहयोगात्मक संस्था समेत स्थापना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell