PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सलमान खानको भिडियो सन्देश : डुल्न ननिस्किनुस् प्रहरीको लाठी खानु हुन्न



पहिलोपोस्ट

सलमान खानको भिडियो सन्देश : डुल्न ननिस्किनुस् प्रहरीको लाठी खानु हुन्न
Photo credit : Bollywood Hungama

बलिउड स्टार सलमान खान कोरोना भाइरस संक्रमणविरुद्धको लडाइमा सक्रिय दिखिएका छन्। सावधानी सन्देशदेखि राहत वितरणसम्‍ममा उनको नाम निकै अघि छ। उनले संक्रमण फैलन सुरु हुँदादेखि नै आफ्ना दर्शक तथा शुभचिन्तकलाई घरभित्रै रहन आग्रह गरिरहेका छन्।

विहीबार उनले इन्स्टाग्राममार्फत् भिडियो सन्देश सार्वजनिक गरे। त्यसमा उनले नियम विपरित घरबाहिर निस्कने र लकडाउन उलङ्घन गर्नेलाई व्यङ्ग्य गरेका छन्। तिनलाई सम्बोधन गर्दै भनेका छन्,'तपाईंहरु आफू मात्र बाहिर निस्किरहनु भएको छैन। आफ्नाहरुको जिन्दगीलाई पनि धरापमा राख्नु भएको छ।'

उनले आफ्नो साथीको उदाहरण दिए जो राशन लिनका लागि बाहिर निस्किएका थिए र प्रहरीको कारवाहीमा परे। ती साथीले प्रहरीसँग कुरा गर्न मास्क खोलेछन्। सलमानले त्यसरी मास्क खोल्नुलाई गलत कदमको संज्ञा दिए। उनका साथी जस्ता धेरै मानिस राशन पानीको बहानामा घरबाहिर निस्कनु र मास्क खोल्नुकै कारण भारतमा संक्रमितको संख्या बढेको बताए।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Salman Khan (@beingsalmankhan) on

भने,'तपाईं नियम उलङ्घन गर्दै डुल्न बाहिर निस्किनु हुन्न भने पुलिसको लाठी पनि खानु पर्दैन।'

भारतमा कोरोना संक्रमण देखिएका केही मानिस अस्पतालबाट भागेको खबर समेत सार्वजनिक भएका थिए। सलमानले ती मानिसले फ्रन्टलाइनमा उभिएका डाक्टर नर्समाथि ढुङ्गा वर्षाएको आरोप समेत लगाए।

सलमान यस अप्ठ्यारो घडीमा सकारात्मक सन्देश प्रवाहमा लागि परेका छन्। बुधबार मात्रै उनले धार्मिक शहिष्णुता झल्कने तस्विर सेयर गरेका थिए। जसमा एउटै घरको दुई फरक तलामा दुई फरक धर्मावलम्बी प्राथना गरिरहेका हुन्छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Setting examples... #IndiaFightsCorona

A post shared by Salman Khan (@beingsalmankhan) on

सलमान भने लकडाउनमा आफ्नो फार्महाउसमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell