PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

थपिएनन् कोरोना संक्रमित : र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ



पहिलोपोस्ट

थपिएनन् कोरोना संक्रमित : र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारमा रहेका १५ जना र एक जना निको घर फर्किएका गरी १६ जनाबाहेक नयाँ कोरोना संक्रमित बिरामी फेला नपरेको जनाएको छ। र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजेटिभ देखिएका केही नतिजा नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले ८ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले बताए। इलाम ताप्लेजुङ, मनाङ लगायत आठ जिल्लामा टेष्ट भएको छैन।

अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ८ जना र उपत्यकाबाहिर ९५ जना आइसोलेसनमा छन्।

अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी १५ जनाको उपचार भइरहेको छ। सबै स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयलयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell