PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा



रासस

बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।

काठमाडौं : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना गराइएको विभागले जनाएको छ।

अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिए। उनका अनुसार आजै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरिद बिल नभएकाले पचास हजार रुपैयाँ जरिबाना गराइएको छ।

अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिबाना गरिएको पोख्रेलले जानकारी दिए। विभागले बुधवार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई दुई लाख जरिबाना तिराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell