
काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ उपचार, निदान, नियन्त्रण अभियानका खाटिएका सबै स्वाथ्यकर्मी र सुरक्षाकर्मीलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका लागि आग्रह गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उपचार प्रक्रियामा संलग्न सबैलाई आरडीटी परीक्षणका लागि आग्रह गरेको हो। यस्तै, चैत महिनामा विदेशबाट आएका सबैलाई परीक्षणका लागि आग्रह गरेको छ।
सूचना अनुसार कोभिड पोजेटिभको सम्पर्कमा आएका, लक्षण देखिएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका सबैलाई आरडीटी परीक्षणका लागि सरकारले आग्रह गरेको छ।
यस्तै, १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैलाई परीक्षणका लागि मन्त्रालयले आग्रह गरेको छ ।