PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बेलायतमा थपियो लकडाउन, विदेश मन्त्री भन्छन् : अर्थव्यवस्था भन्दा महत्वपूर्ण जनस्वास्थ्य



पहिलोपोस्ट

बेलायतमा थपियो लकडाउन, विदेश मन्त्री भन्छन् : अर्थव्यवस्था भन्दा महत्वपूर्ण जनस्वास्थ्य
Reuters

बेलायतमा लकडाउनको अवधि थप गरिएको छ। त्यहाँका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरसको संक्रमण नियन्त्रण एंव रोकथामका लागि लकडाउन कम्तिमा तीन हप्ता लम्बाएको घोषणा गरेका हुन्।

बिहीवार भएको पत्रकार सम्मेलनमा उनले सार्वजनिक स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको सुनाए। भने, 'लकडाउनले देशको अर्थ व्यवस्थामा ठूलो नोक्सान पुर्‍याउँछ। तर, अहिलेका लागि जनस्वास्थ्य महत्वपूर्ण कुरा हो।'

प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना संक्रमण भएको छ। उनी एक साता लामो अस्पतालबाट बसाइपछि गत आइतवारमात्र डिस्चार्ज भएका। हाल उनी आराम गरिरहेका छन्।

प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका डोमिनिकले भने, 'कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्यामा कमी नआएसम्म लकडाउन खोल्न सकिने अवस्था छैन। यसका लागि संक्रमणको सम्भावनामा पनि कमी आउनु पर्छ।' 

बीबीसीमा जनाइए अनुसार कोरोना भाइरस बेलायतका लागि खतरा बन्ने संकेत रहेसम्म लकडाउन जारी रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell