PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ब्राजिलमा कोरोनाको विषयमा मतभेद : बरखास्त गरिए स्वास्थ्य मन्त्री, राष्ट्रपतिविरुद्ध जनताले ठटाए थाल



पहिलोपोस्ट

ब्राजिलमा कोरोनाको विषयमा मतभेद : बरखास्त गरिए स्वास्थ्य मन्त्री, राष्ट्रपतिविरुद्ध जनताले ठटाए थाल
Getty Images

कोरोना भाइरण संक्रमण फैलनबाट रोक्ने विषयलाई लिएर ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले त्यहाँको स्वास्थ्य मन्त्री लुइज हेनरिक मनडेटालाई बरखास्त गरिदिएका छन्। सोही विषयलाई लिएर उनीहरु बीच केही समय यता मतभेद जारी थियो।

विहीबार स्वास्थ्य मन्त्रीले एक टिभी कार्यक्रममार्फत् कोरोना संक्रमण रोक्न सरकार एकजुट हुनुपर्ने र संकटको सामना गर्नुपर्ने बताएपछि दुईबीचको मतभेद सतहमा आएको हो।

उनको वयान राष्ट्रपतिविरुद्धको आलोचनाका रुपमा विश्लेषण भयो।

मनडेटाले ब्राजिलका नागरिकलाई कोरोना भाइरसविरुद्ध लड्न विश्वका अन्य देशबाट सिक्ने सुझाव समेत दिएका थिए। भनेका थिए,'सामाजिक दूरी कायम गर्नु आजको आवश्यकता हो।'

उनले लकडाउन लागू गर्ने प्रान्तका गभर्नरहरुको तारिफ गरे।

राष्ट्रपति भने उनको तर्कसँग सहमत छैनन्। उनी चाहन्छन्, मानिसहरु बीना कुनै त्रास काममा फर्किउन्। उनले यसअघि पनि कोरोना भाइरसलाई 'सामान्य फ्लू'को संज्ञा दिइसकेका छन्।

हेनरिकले आफू बरखास्त गरिएको खबर ट्वीटरमार्फत् सेयर गरेका छन्। लेखेका छन्,'कोरोना अब हाम्रो लागि झनै ठूलो चुनौती बनेको छ। अहिले सम्हालिएनौं भने स्वास्थ्य व्यवस्था बिग्रन्छ।'

बीबीसी हिन्दीका अनुसार यस खबर सार्वजनिक भए लगत्तै सेल्फ क्वारेन्टाइनमा रहेका जनता घरको छत र बार्दलीमा निस्किए र राष्ट्रपतिविरुद्ध थाल ठटाए।

जोन हप्किनस युनिभर्सिटीका अनुसार ब्राजिलमा हालसम्म तीस हजार भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ र १ हजार ८ सय २४ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell