PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चीनबाट निजी कम्पनीले मगाएका मेडिकल सामान लिएर काठमाडौं उत्रिए नेपाल वायुसेवाका दुवै वाइड बडी विमान



वसन्तराज उप्रेती

चीनबाट निजी कम्पनीले मगाएका मेडिकल सामान लिएर काठमाडौं उत्रिए नेपाल वायुसेवाका दुवै वाइड बडी विमान
बुहानबाट फर्किएपछि स्प्रे गरिँदै नेपाल एयरलाइन्सको विमान। फाइल फोटो

काठमाडौं : नेपाल वायुसेवा निगमका दुवै वाइड बडी जहाज शुक्रवार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिब्लिटी कम भएपछि पहिलो जहाज अवतरण गर्न १५ मिनेट ढिला भएको थियो। दुवै जहाज शुक्रबार बिहान ७:०५ र ७:२० बजे क्रमश: अवरण भएका हुन्।

निजी व्यवसायी कम्पनी फ्लास फ्रेट र साङ्ग्रीला फ्रेटले गरेको चार्टर उडान मार्फत् चीनबाट मेडिकल सामाग्री ल्याइएको निगमले जनाएको छ। यी दुवै जहाजले बिहीवार साँझ ५:४५ र ५:५५ बजे ग्वान्जाउतर्फ उडान गरेका थिए।

तीन दिन अघि निगमले न्यारोबडी जहाज ‘एयरबस-३२०’ को चार्टर उडानमार्फत् ब्राजिलियन नागरिकलाई दिल्ली पुर्‍याएको थियो।

लकडाउन सुरु भएपछि निगमले चीन, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा चार्टर उडान गर्दै आएको छ। सरकारसँगको समन्वयमा विदेशी नागरिक उद्धार र मेडिकल सामाग्री ल्याउनका लागि निगमले चार्टर उडान गर्दै आएको हो।

माग र अनुमति भएको अवस्थामा निगमले रसियाका लागि चार्टर उडान गर्ने योजना बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell