
भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ८७ पुगेको छ। त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा शुक्रबार (आज) बिहान जारी तथ्याङ्कका अनुसार भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४ सय ३७ पुगेको छ।
त्यस्तै १ हजार ७ सय ४९ संक्रमितको उपचार पछि स्वास्थ्यस्थितपमा सुधार आएको छ।
भारतमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो। त्यहाँ ३ हजार २ सय ५ संक्रमित पुष्टि भएको छ। संक्रमणकै कारण १ सय ९४ मानिसको मृत्यु भइसकेको छ।
दिल्लीमा पनि संक्रमितको संख्या बढ्दो छ। हालसम्म १ हजार ६ सय ४० मानिसमा संक्रमण देखिएको छ। ३८ मानिसको संक्रमणकै कारण मरे।
सबैभन्दा बढी संक्रमित रहेकोमध्य तेस्रो स्थानमा तमिलनाडु रहेको छ। जहाँ १ हजार २ सय ६७ मानिसमा संक्रमण देखिएको छ। राजस्थानमा १ हजार १ सय ३१ संक्रमणको केस देखिएको छ।