
काठमाडौं : कोरोना भाइरस (कोभिड–२०१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको हो।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले लकडाउनको समयमा देखिएका समस्याको बारेमा छलफल गर्ने बताइएको छ। लकडाउनको समयमा मजदुरले भोगेको समस्या, काठमाडौंबाट गाउँ फर्किनेहरुको विषयमा छलफल हुनेछ।
समितिको प्रस्तावका आधारमा नै मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय बैशाख १५ गतेसम्म पुर्याएको हो।