PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोभिड-१९ कोषमा आर्थिक सहयोग गर्नेलाई अभिनयको अवसर दिँदै डिक्याप्रियो र रोबर्ट डि नीरो



पहिलोपोस्ट

कोभिड-१९ कोषमा आर्थिक सहयोग गर्नेलाई अभिनयको अवसर दिँदै डिक्याप्रियो र रोबर्ट डि नीरो
Getty Images

लियोनार्दो डिक्याप्रियो र रोबर्ट डि नीरोले कोरोना भाइरसविरुद्ध लड्न आर्थिक सहयोग गर्नेलाई आफ्नो नयाँ फिल्ममा 'वाक-अन' भूमिका दिने भएका छन्। कलाकारहरुले खडा गरेको कोभिड-१९ कोषमा रकम जम्मा गर्ने एक जनालाई उक्त अवसर प्राप्त हुने भएको हो। यस्तो भूमिकामा पात्र पर्दामा त देखिन्छन् तर उनीहरुको कुनै संवाद भने हुँदैन।

कोषमा रकम जम्मा गर्नेहरुको नाम गोलाप्रथामार्फत् छानिने बीबीसीले जनाएको छ।

मंगलबार सुरु भएको यस सहयोग संकलन अभियान अमेरिकामा रहेका असहाय, दु:खी र भोकाहरु केन्द्रित छ। कोषमा जम्मा भएको रकम संकटको घडीमा भोकै रहेकाहरुलाई खाना खुवाउन प्रयोग हुने जनाइएको छ।

कोषमा हाल ५.६ मिलियन डलर जम्मा भइसकेको छ।

एलेन डिजेनेरेस, केभिन हार्ट, जस्टिन टिम्बरलेक, जस्टिन बिबर लगायत धेरैले व्यक्तिगत तवरमा कोषमा सहयोग जम्मा गराइ सकेका छन्।

जस्टिन बिबरले एक भाग्यमानी फ्यानको घरमा गइ प्रस्तुति दिने समेत बताएका छन्। सन् २००९ मा हिट भएको गीत 'वान लेस लन्ली गर्ल' गाउने समेत जनाइएको छ।

त्यस्तै हार्टले आफ्नो फिल्ममा कुनै भूमिका दिने बताएका छन्। टिम्बरलेक र बिल मुरेले विजेतासँग गल्फ खेल्ने जनाएका छन्। त्यस्तै म्याथिउ म्याककोनाउघेले

डिक्याप्रियोले त आफ्नो नयाँ फिल्म 'किलर्स अफ द फ्लावर मुन'को छायाँकन स्थलमा आफू, डि नीरो र निर्देशक मार्टिन स्कोरसेससँगै रहन बस्न पाउने अवसर प्रस्ताव राखेका छन्।

यस अभियानमा सहयोग संकलनका लागि कला, खेल तथा अन्य क्षेत्रका चर्चित व्यक्तित्वहरु एकअर्कालाई मनोनयन गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell