PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चौतर्फी दबाबपछि अलपत्र नागरिकबारे प्रधानमन्त्रीको चासो, उच्चस्तरीय समितिसँग परामर्शमा



पहिलोपोस्ट

चौतर्फी दबाबपछि अलपत्र नागरिकबारे प्रधानमन्त्रीको चासो, उच्चस्तरीय समितिसँग परामर्शमा

काठमाडौँः कोरोना जोखिमका कारण शहरदेखि गाउँसम्म हिँडेरै जान लागेका नागरिकको समस्या सहजीकरणमा प्रधानमन्त्रीले चासो देखाएका छन्। नागरिकहरु भोकभोकै हिँडेरै गाउँतर्फ गइरहे पनि सरकारले बेवास्ता गरेको भन्दै केही दिनयता चर्को आलोचना भइरहेको छ। आलोचना बढेपछि समस्या सहजीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले उच्चस्तरीय समितिका संयोजक र सदस्यहरुलाई बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजेदेखि प्रधानमन्त्रीले परामर्श बैठक आह्वान गरेका हुन्।

समितिका एक सदस्यका अनुसार बैठकले पैदलयात्रामा रहेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउने वा यथास्थितिमा खाने  बस्ने प्रबन्धबारे निर्णय हुने बताए।

पछिल्ला दिनमा दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न नागरिकहरु पैदलै हिँडेर गन्तव्यमा पुगिरहेका छन्। पछिल्ला दिनमा स्थानीय प्रशासनले पनि पैदलयात्रीलाई पनि कडाइ गरेपछि मजदूर थप समस्यामा परेका छन्।

काठमाडौँबाट बाँके बर्दियासम्मका नागरिक पैदले हिँडेका समाचार आइरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell