PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सिप्रदीले नेपाल प्रहरीलाई दियो ५ सय थान पिपिई



पहिलोपोस्ट

सिप्रदीले नेपाल प्रहरीलाई दियो ५ सय थान पिपिई
फोटो : नेपाल प्रहरी।

काठमाडौं : सिप्रदीयन सहायता संस्थाले ५ सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरे। कार्यक्रममा श्रेष्ठले विपद्को समयमा आम नागरिकको सहयोगको लागि सिप्रदी सधैँ क्रियाशील रहेको बताए। आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न आफू तत्पर रहेको पनि उनले उल्लेख गरे।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही समाज र नागरिकको सुरक्षामा सक्रिय रहने नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सुरक्षित राख्न सके मात्र आम नागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने उनले बताए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell