PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

काँकडभिट्टा नाका ठप्प भएपछि विराटनगर र वीरगंजबाट सामान आयात हुँदै, ढुवानी खर्च तेब्बरले बढ्ने



राधेश्याम पटेल

काँकडभिट्टा नाका ठप्प भएपछि विराटनगर र वीरगंजबाट सामान आयात हुँदै, ढुवानी खर्च तेब्बरले बढ्ने

वीरगंज : भारतको पश्चिम बंगाल सरकारले कोरोना महामारीलाई लक्षित गरी काँकडभिट्टा नाका हुँदै मेची भन्सार नाकाबाट हुने आयातनिर्यातमा रोक लगाएपछि नेपाली आयातकर्ताहरु मर्कामा परेका छन्।

भारत, भुटान, बंगलादेशलगायत मुलुकबाट आयातित सामानहरु काँकडभिट्टा नाकाबाट भित्रिदा लागत खर्च कम लाग्थ्यो। तर, रिरुट गरी अन्य नाकाहरु विराटनगर र वीरगंज भन्सारबाट मगाउँदा तीन गुणा यातायात खर्च बढ्ने व्यवसायीहरुको भनाइ छ। वीरगंजका उद्योगी अशोक टेमानीका अनुसार काँकडभिट्टा भन्सार पारी पश्चिम बंगालमा रोकिएका ट्रकहरुलाई रिरुट गरेर ल्याउँदा ढुवानी खर्च बढेर मालवस्तुको लागत खर्च पनि बढ्ने भएकोले व्यवसायीलाई दोहोरो मर्का हुने बताए।

पश्चिम बंगाल सरकार अन्तर्गतको भन्सार विभागका ज्वाएन्ट कमिस्नर डा एसके मोहपात्रले अप्रिल १२ मा सूचना निकाल्दै मेची भन्सार नाका सिल गर्दै अन्य नाकाबाट मालसामान रिरुट गर्न निर्देशन दिएका थिए। यसबारे नेपाल र भारतका विभिन्न भन्सार नाकाका अधिकारीलाई जानकारी गराइएको थियो।

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार पश्चिम बंगालको मेची भन्सार पारी रोकिएका सामानहरु विराटनगर, वीरगंजबाट मालसामानहरु आइरहेको जानकारी पाएको तर आउन एक साता समय लाग्ने उनले बताए। विशेषगरी सो नाकाबाट ग्यास बुलेट, तरकारी, फलफुललगायतको सामानहरु आउने गरेका छन्।

यसबारे कोलकाता कस्टम, पटना कस्टम, पश्चिम बंगाल कस्टम, वीरगंजस्थित महावाणिज्य दूतावास, नेपाल कार्गो हेन्डलिङ एजेन्ट एसोसिएसन कोलकातालगायतलाई जानकारी गराइसकेको पश्चिम बंगाल सरकारको भन्सार विभागको टे«ड एडभाइजरी सम्बन्धी सूचनामा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell