PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘डेथ अफ अ सेल्सम्यान’ : ८१ वर्षको उमेरमा बिते ब्रायन डेन्नेही



पहिलोपोस्ट

‘डेथ अफ अ सेल्सम्यान’ : ८१ वर्षको उमेरमा बिते ब्रायन डेन्नेही
Photo : MIKE PISCITELLI / DENNEHY FAMILY

अमेरिकी कलाकार ब्रायन डेन्नेहीको निधन भएको छ। ८१ वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै निवासमा उनी मृत फेला परेका हुन्। उनलाई कुनै स्वास्थ्य समस्या नरहेको बीबीसीले जनाएको छ।

सन् १९६० को दशकमा अभिनय यात्रा सुरु गरेका उनले ४० फिल्महरुमा अभिनय गरेका छन्। टिभी फिल्म ‘डेथ अफ अ सेल्सम्यान’का लागि ५८ औं गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। त्यस्तै दुई पटक टोनी अवार्ड पाएका उनी एम्मी अवार्डका लागि ६ पटक मनोनित भए।

उनका ‘फस्ट ब्लड’, ‘टु क्याच अ किलर’, ‘मर्डर इन द हार्टल्यान्ड’, ‘आवर फादर्स’, ‘फरेन अफेयर्स’ लगायत फिल्म चर्चित छन्। उनले अभिनय गर्नकै लागि रकम जम्मा गर्न ट्रक ड्राइभर, बारटेन्डर, सेल्सम्यानको काम गरेका थिए।

सन् १९८९ न्यूयोर्क टाइम्ससँगको अन्तर्वातामा उनले भनेका थिए,’मैले ती कामहरुमा जीवन खोजेको थिएँ। गरेजस्तो गर्नका लागि हात हालेको थिइँन।‘

उनले चर्चित फिल्म ‘डेथ अफ अ सेल्सम्यान’ प्रदर्शनको समय आफू सेल्सम्यान हुँदाको अनुभव सुनाएका थिए।

उनले टेलिश्रृङ्खला, नाटक र टिभी फिल्महरुमा समेत काम गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell