
भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इन्स्टाग्राममा सक्रिय छन्। लकडाउनका कारण फूर्सदमा रहेका उनीहरु सामाजिक सञ्जालमार्फत् कोरोना भाइरसविरुद्धको सावधानी सन्देश र मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्छन्।
कहिले ‘एकता देखाऔं। जीवन र देश बचाऔं’ भन्दै आफ्ना दर्शकलाई घरभित्रै बस्न आह्वान गर्छन् त कहिले अनुष्काले विराटको कपाल छाँटेको भिडियो सेयर गर्छन्। शुक्रबार अनुष्काले एउटा रमाइलो भिडियो पोस्ट गरिन्। जसमा उनी भन्छिन्,’कोहली ओए कोहली के गरिरहेको छस्? चौका मार् न चौका।’ विराट भने उनीतर्फ हेरेर मुसुक्क हाँस्छन्।
भिडियोको क्याप्सनमा लेखेकी छिन्,’सायद उ मैदानमा हुँदाको अवस्था मिस गरिरहेको होला। त्यसैले उसलाई त्यो अनुभूती दिलाउन कोसिस गरेको हुँ।’ शर्माले आफूले मिमिक्री गरेकोझै माग राख्ने फ्यानहरुलाई मिस गरेको भएकाले उक्त भिडियो बनाएको जनाएकी छिन्।
भिडियोको कमेन्टमा रणवीर सिंह, काजल अग्रवाल, करण जौहर, दीया मिर्जा, जोया अख्तर लगायतले रमाइला कमेन्ट गरेका छन्।