-15867164951.jpg)
काठमाडौँ: कोरोना भाइरसबाट थप १४ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा जारी विवरण अनुसार उदयपुर जिल्लामा १२ जना पुरुष र चितवनमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उदयपुर जिल्लामा संक्रमित हुने पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन्। भने चितवन जिल्लामा २७ वर्षीय पुरुष र ६३ वर्षीय महिलामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ।