PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गर्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिबाना



रासस

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गर्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिबाना
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/फेसबुक।

काठमाडौं : बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रवार भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ।

अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

सैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell