PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

यी हुन् सडकमा पैसा छरेर फरार महिलाहरु



सुमित मिश्र

यी हुन् सडकमा पैसा छरेर फरार महिलाहरु

जनकपुरधाम : जनकपुरको महावीर चोकको सडकमा पैसा फालेर त्रास फैलाउने दुई महिलाको तस्विर प्रहरीले सार्वजनिक गरेको छ। शुक्रवार दिउँसो जनकपुरको महावीर चौकमा नकावधारी दुई महिलाले १२/१५ ठाउँमा १० रुपैयाँको नोट फालेर फरार भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको थियो।

प्रहरीले सिसिटिभी फुटजेबाट महिलाको तस्विर पत्ता लगाई सार्वजनिक गरेको छ। उक्त तस्विरमा भएका दुवै महिला कतै देखिए खवर गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ।

फालिएका नोटहरु बरामद गरी आवश्यक अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। पैसा फालिएको क्षेत्रलाई स्यानिटाइज गरिएकाले आतंकित नहुन प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित समाचार :

दुई महिला सडकमा पैसा छरेर भागेपछि स्थानीय त्रसित, उनीहरुको खोजी कार्य जारी छ : प्रहरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell