PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अलपत्र परेका ८० नागरिकको मन्त्री भण्डारीले गरे व्यवस्थापन



रासस

अलपत्र परेका ८० नागरिकको मन्त्री भण्डारीले गरे व्यवस्थापन
फाइल फोटो।

सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बबईमा अलपत्र ८० नागरिकको व्यवस्थापन गरेर फर्किएका छन्।

लकडाउनका कारण अलपत्र परेका नागरिकको अवस्था बुझ्न शुक्रवार कर्णालीको प्रवेशद्वार मानिने भेरीगङ्गा नगरपालिका सुर्खेतको बबई पुगेका कानुनमन्त्री भण्डारीले उक्त नगरपालिकाका प्रमुख तथा वडाध्यक्षसँग समन्वय गरेर उनीहरुलाई त्यहाँ व्यवस्थापन गरेर फर्किएका हुन्।

‘विभिन्न ठाउँबाट आएर अलपत्र परेका नागरिकलाई त्यहाँको क्वारेन्टाइनमा राखेका छौँ’, उनले भने, ‘खानपिनको समस्या भए कर्णाली प्रदेशले उनीहरुलाई सहयोग गर्नेछ।’

बबईमा निर्मित क्वारेन्टाइनमा सुर्खेत, दैलेख, कालीकोट, जुम्लालगायतका नागरिक रहेका उनको भनाइ थियो। त्यसैगरी, मन्त्री भण्डारीले ३८ जना राखिएको छिन्चु क्वारेन्टाइनको पनि अवलोकन गरिएको बताए। यहाँको समग्र लकडाउनको अनुगमन गरेका मन्त्री भण्डारीले अलपत्र परेका नागरिकलाई क्वारेन्टाइनमा सम्पर्क राख्न आग्रह गर्दै उनीहरुको खानपिनको व्यवस्था सरकारले गर्ने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell