PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

क्‍वारेन्टाइनबारे झुटो भिडियो र म्यासेजले डाक्टर र प्रहरीमाथि भिडको आक्रमण, जोखिममा चिकित्सक



पहिलोपोस्ट

क्‍वारेन्टाइनबारे झुटो भिडियो र म्यासेजले डाक्टर र प्रहरीमाथि भिडको आक्रमण, जोखिममा चिकित्सक

नयाँ दिल्ली : सोसल मिडियामा फैलिएकोअफवाहले क्वारेन्टाइनमा उपचार गर्न जुटेका चिकित्सकहरु आक्रमणको जोखिममा परेका छन्। क्वारेन्टाइनमा रहेकाहरु यस्ता अफवाहबाट आत्तिँदै चिकित्सकमाथि आक्रमणमा उत्रिएका घटनाहरु सार्वजनिक भएका छन्।

भारतको उत्तर प्रदेशका मुरादावाद र इन्दोरमा चिकित्सक र प्रहरीमाथि आक्रमण हुनुको कारण यस्तो गलत सूचनाको प्रवाह रहेको तथ्य फेला परेको छ। मानिसहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थयो।

क्वारेन्टाइनमा गलत उपचार हुने र संक्रमित हुने गरेको झुटो भिडियो र म्यासेजहरु सोसल मिडियाबाट भाइरल भएपछि भिड उत्तेजित भएको हो। यस्ता सामग्रीमा मानिसहरुले विश्वास गर्न थाले भने कोरोनासँगको युद्धमा लडिरहेका चिकित्सक र सुरक्षाकर्मीमात्र होइन, जोखिममा रहेका सबैको ज्यान खतरामा पर्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell