PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रहरीले नै तपाईँलाई दुर्व्यवहार गरे के गर्ने ?



पहिलोपोस्ट

प्रहरीले नै तपाईँलाई दुर्व्यवहार गरे के गर्ने ?

काठमाडौ‌ं : कोरोना भाइरस रोकथाम तथा निययन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउन पालना गराउन दिनरात नभनी सुरक्षाकर्मी सडकमा खटिएका छन्।

लकडाउन उल्लघङन गरे प्रहरीले तपाईँलाई कारबाही गर्छ। उपत्यकाभित्रको तथ्याङ्क हेर्ने हो भने दैनिक २ हजार भन्दा बढी मानिस कारबाहीमा पर्छन्। तर, सडकमा खटिएका प्रहरीले तपाईँलाई कहिले काँही दु:ख समेत दिएका हुनसक्छन्। किनकि सबैको व्यवहार उस्तै नहुनसक्छ।  

केही यस्ता घटना छन् जहाँ प्रहरीले विना कारण कुटपिट गरेको पनि पाइएको छ। यदि यस्तो घटना भए के गर्ने?

शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालले अनावश्यक रुपमा मानिसलाई हैरानी, दु:ख तथा कुटपिट नगर्न निर्देशन दिएको छ। त्यस्तै दुर्व्यहार गर्ने प्रहरीमाथि कारबाही गर्न समेत निर्देशन दिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले तपाईँ माथि दुर्व्यवहार गर्‍यो भने सिधै प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीको मोबाइल नम्बर ९८५१२९२१११, प्रहरीको नम्बर १०० मा जानकारी दिनसक्नु हुने छ। लकडाउनको समयमा प्रहरी तथा लकडाउनको बारेमा जानकारी दिन प्रहरीले ड्रोन समेत प्रयोग गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

'ड्रोनले लकडाउन तथा प्रहरीको गतिविधि पनि हेरिरहेको छौं। डियुटीमा कसरी खटिएका छन् भन्ने जानकारी लिन्छौं,' एसएसपी जोशीले भने।

बुधवार महाराजगञ्जमा  तीन जना डाक्टरलाई परिचयपत्र देखाउँदा पनि कुटपिट गरेको घटना बाहिरएपछि वृत्त इन्चार्च डिएसपीलाई जिम्मेबारीबाट हटाइएको छ। त्यस्तै कालिमाटीमा औषधी किनेर फर्किएका मानिसमाथि भएको दुर्व्यवहारलाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell