PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दुर्गन्धित धोवीखोला किनारमा सुगन्धित स्वरुप : हिँड्दा नाक छोप्‍नुपर्छ, आँखा चाहिँ होइन

दुर्गन्धित धोवीखोला किनारमा सुगन्धित स्वरुप : हिँड्दा नाक छोप्‍नुपर्छ, आँखा चाहिँ होइन

प्रवीण रानाभाट/पहिलोपोस्ट


मानिसको चर्को चेपुवामा परेको धोवीखोलाले आफ्नो अस्तित्व पूरापूर गुमाइसकेको छ। खोला नालीमा रुपान्तरित भएको छ। चेपुवामा परिरहेको यही धोवीखोलामा यतिखेर दुवैतिर कालोपत्रे सडक र पर्खाल लागेको छ। खोलाको किनारामा फूल रोपिएको छ। त्यसले धोवीखोलाको स्वरुप नै बदलेको भान हुन्छ।

खोलाको हालत उस्तै छ, दुर्गन्धित। तर, त्यसैसँग जोडिएको किनारामा भने सुगन्धित फूल फुलिरहेका छन्। दुर्गन्ध र सुगन्धको अनौठो र अमिल्दो स्वरुप देख्‍न पाइन्छ यहाँ। सुगन्ध र दुर्गन्धको युद्धमा दुर्गन्धनले नै जितिरहेको प्रतित हुन्छ। यहाँ हिँड्दा नाक छोप्नु नै पर्छ। तर, आँखा होइन। आँखा फूलतिरै तानिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell