काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ११ सय ५ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लडकाउनको समय लम्बिदै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट ११ सय ५ जनालाई नियन्त्रणमा लिएको छ। जसमा ८ सय ३४ जना पुरुष र २ सय ७१ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणका लिएका सबैभन्दा धेरै काठमाडौंका रहेका छन्। ' सुरक्षा व्यवस्था कडा बनाइएको छ। हाम्रो अनुरोध छ सबैले लकडाउन पालना गर्दिनुहोला।' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।
यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा तीन घण्टासम्म नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले १ सय ५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ। प्रहरीले अत्यआवश्यक कामको लागि हिडेका मानिसलाई भने नरोकेको जानकारी दिएको छ।