PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाँचौँ एनभिए राष्ट्रिय भलिबल लिग स्थगित



पहिलोपोस्ट

पाँचौँ एनभिए राष्ट्रिय भलिबल लिग स्थगित

काठमाडौं: कोरोनाको बढ्दो कहरसँगै एनभिए पाँचौ राष्ट्रिय भलिबल लिग अनिश्चित कालका लागि पछि सरेको छ। नेपाल भलिबल संघले कोरोनाको बढ्दो कहरसँगै भलिबल लिग स्थगित भएको बताएको हो।

प्रतियोगिता बैशाख २५ गतेबाट जेठ १ गते सम्म हुने निर्धारित थियो। त्यस्तै एसियन भलिबल कन्फिडरेसन (एभिसी) र भलिबलको सर्वोच्च निकाय एफआइभिबीका सेप्टेम्बर सम्मका खेलहरु पनि स्थगित भएको बताइएको छ।

 नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले लिग अनिश्चित समयका लागि स्थगित भएको जानकारी दिए। 

'कोरोनाको कारण  लिग अनिश्चित कालका लागि स्थगित गरिएको हो। अहिले खेल गराउन सकिने अवस्थै छैन,' शर्माले भने। 

कोरोनाका कारण नेपालमा यसअघि  एभरेस्ट प्रिमियर लिग क्रिकेट, विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको फुटबल, बी डिभिजन लिग तथा ओलम्पिकको तयारी प्रभावित बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell