PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आर्मीको नाम बेच्दै ठगी गर्ने जेल चलान



पहिलोपोस्ट

आर्मीको नाम बेच्दै ठगी गर्ने जेल चलान

काठमाडौं : ठगी गर्ने एक जनालाई जेल चलान गरिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चैत ६ गते पक्राउ गरेको झापा भद्रपुर नगरपालिका ४६ वर्षीय राजकुमार राउतलाई अदालतको आदेशमा जेल चलान गरिएको हो।

शुक्रवार जिल्ला अदालत झापाले राउतसँग धरौटीमा ६२ लाख ५० हजार रुपैयाँ मागेको थियो। तरऽ तिर्न नसकेपछि राउतलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

राउतले 'म आर्मी हुँ। ब्यारेकमा मेसको काम गर्छु। मेसमा किनेको सामानहरु बिक्री गर्नुछ,' भन्दै १० जना मानिसबाट ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेका थिए।

 प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell