PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दोस्रो व्यक्ति कोभिड-१९ संक्रमणमुक्त भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकलाई धन्यवाद र बधाई



पहिलोपोस्ट

दोस्रो व्यक्ति कोभिड-१९ संक्रमणमुक्त भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकलाई धन्यवाद र बधाई

काठमाडौं : कोरोना संक्रमणबाट उपचाररत किशोरी डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका छन्।

फ्रान्सबाट फर्किएकी किशोरीमा कोभिड-१९ नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। 'कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,' प्रधानमन्त्रीले ट्विटमा लेखेका छन्, 'उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell