PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कोरोना परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भए बलिउड फिल्म निर्माता करिम मोरानी 



पहिलोपोस्ट

कोरोना परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भए बलिउड फिल्म निर्माता करिम मोरानी 
Photo: PTI

मुम्बई : कोरोना भाइरसबाट संक्रमित बलिउड फिल्म निर्माता करिम मोरानी अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार उनी निको भएर घर फर्केका हुन्। ८ अप्रिलमा कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका थिए।

अस्पतालबाट डिस्चार्ज भएपछि मोरानीले भने, ‘भगवानको कृपाले दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि म घर फर्केको छु। सबै डिपार्टमेन्टका चिकित्सकहरुले आफ्नो कार्य राम्ररी पूरा गरिरहनु भएको छ। घर फर्किएपछि म राहत महसुस गरिरहेको छु। अब १४ दिन घरकै क्वारेन्टाइनमा रहन्छु।’

यसअघि मोरानीका दुई छोरी शाजा र जोयाको परीक्षण पनि पोजिटिभ आएको थियो। उपचारपछि दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell