PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

थानकोटमै रोकिए पैदलयात्री, पार्क बन्यो अस्थायी क्वारेन्टाइन

थानकोटमै रोकिए पैदलयात्री, पार्क बन्यो अस्थायी क्वारेन्टाइन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनक कारण हिँड्दै गाउँघर गइरहेकालाई व्यवस्थापन गर्न निर्देशन दिएसँगै पैदलै हिँडिरहेकालाई क्वारेन्टाइनमा लगेर व्यवस्थापन गर्न थालिएको छ।

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरु कयौं दिन लगाएर आआफ्नो गन्तव्यमा हिँडिरहेका छन्। समूह बनाएर हिँडिरहेकाहरुका कारण कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुलाई गाउँ नजान सरकारले आग्रह गर्दै क्वारनेटाइनको व्यवस्था गरेको छ।

यसैबीच कलंकी थानकोट हुँदै आफ्नो गन्तव्यमा हिँडिरहेकाहरुलाई त्रिभुवन पार्कमा क्वारेन्टाइन बनाएर राख्न थालिएको छ। पार्कमा टेन्ट लगाइएको छ र पैदलै गाउँ हिँडेकाहरुलाई राखिएको छ।

करिब ३ सय जना क्षमताको टेन्टहरु पार्कमा राखिएका छन्। एउटै समूहमा आएकालाई नछुट्याइ एउटै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ। त्यहाँ बस्दा उनीहरुलाई खानेको व्यवस्था सरकारले नै मिलाएको छ।

सेना, प्रहरी र नगरपालिकाको सहयोगमा उनीहरुको व्यवस्थापन हुँदै आएको छ।

शिविरमा नै हेल्थ डेक्स स्थापना गरी उनीहरुको ज्वरो परीक्षण गरिएको यहाँ खटिएको नर्स रमा आलेले बताइन्। हालसम्म शिविरमा आएको कसैमा पनि ज्वरो नदेखिएको भन्दै उनले धेरैजसोको समस्या खुट्टामा देखिएको बताइन्।

'हिँडेको कारण धेरैजसोको खुट्टामा समस्या भएका छन्। सडकमा हिँडेका बटुवालाई प्रहरीको सहायताले हामीले क्वारेन्टाइनमा राख्न सुरु गरेका छौं,' नर्स आलेले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell