PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कोरोना भाइरसको संक्रमणबाट लुधियानाका एसीपीको मृत्यु



पहिलोपोस्ट

कोरोना भाइरसको संक्रमणबाट लुधियानाका एसीपीको मृत्यु

भारतको पञ्जाब राज्यको लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

५२ वर्षीय कोहलीलाई १३ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो। सुरुमा अपोलो अस्पतालमा उपचाररत कोहलीलाई पछिल्लो समय सतगुरु प्रताप सिंह अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा कोहलीको शनिबार मृत्यु भएको पुलिस कमिश्नर राकेश अग्रवालले जानकारी दिएका छन्। कोरोना संक्रमित कोहलीको मिर्गौला र कलेजोले काम गर्न छोडेको टाइम्स अफ इण्डियाले जनाएको छ।

एसीपी कोहलीकी पत्नीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनको अवस्था भने सुधारोन्मुख छ। कोहलीका चालक र उनसँग काम गर्ने एक महिला सब इन्स्पेक्टरको उपचार भइरहेको छ।

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एसीपी कोहलीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनको निधन राज्यका ठूलो क्षति भएको बताउँदै सिंहले आफू पीडित परिवारको साथमा रहेको उल्लेख गरेका छन्।

एसीपी कोहली पछिल्लो ३० वर्षयता पञ्जाबका नागरिकको सेवामा खटिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell