PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

व्यवसायीका नेता कारबाहीमा परेपछि वीरगंजमा औषधि पसल बन्द



राधेश्याम पटेल

व्यवसायीका नेता कारबाहीमा परेपछि वीरगंजमा औषधि पसल बन्द

वीरगंजः औषधि व्यवसायी संघका अध्यक्षलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीरगंजका औषधि पसलहरू बन्द गरिएका छन्। औषधि व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई दुर्व्यवहार गरेको भन्दै पसल बन्द गरेर हड्ताल गरिएको हो। घण्टाघरमा प्रहरीले दुर्व्यवहार गरी अन्सारी चढेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

प्रहरीले भने लकडाउनका समयमा अर्को प्रयोजनका लागि पास लिएर किनमेल गरिरहेकाले कारबाही गरेको जनाएको छ।

शनिबार दिउँसो १ बजेपछि वीरगंज बजार क्षेत्रका सबै पसल बन्द छन्। अस्पतालभित्रका फार्मेसी भने बन्द छैनन्।

अध्यक्ष अन्सारीले आफूमाथि दुर्व्यवहार भएको बताए। उनले भने, ‘म माइस्थानबाट घरको लागि समान किनेर फर्किँदै थिए। बिर्ताको इन्स्पेक्टरले गाडी रोकेर अपशब्द बोले, ’उनले भने, ‘श्रीमती पनि सँगै थिइन्। उनीहरूले कुट्ने प्रयास पनि गरे।’

व्यवसायी संघले प्रहरीमाथि कारबाहीको माग पनि गरेको छ।

तर, प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले औषधि व्यवसायीको पास लिएर दैनिक उपभोग्य वस्तुको किनमेलमा हिँडेकाले कारबाही गरिएको बताए।

पनेरुले भने, ‘एउटा प्रयोजनका लागि लिएको पास अर्को प्रयोजनमा दुरुपयोग भइरहेकाले त्यसलाई रोक्न खोजेको हुँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell