PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

यस वर्षको वसुन्धराश्री पुरस्कार डा ध्रुवचन्द्र गौतमलाई



रासस

यस वर्षको वसुन्धराश्री पुरस्कार डा ध्रुवचन्द्र गौतमलाई

काठमाडौं : वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कार राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीले जानकारी दिए।

शनिवार बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई  सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरेका डा गौतमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै वरिष्ठ साहित्यकार सरुभक्तलाई २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाइ नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सरुभक्तले नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका छन्।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, उपन्यासकार दौलतविक्रम विष्ट, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायत सम्मानित भइसकेका प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell