PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

शहरलाई ताजा तरकारी खुवाउने गाउँका किसान, जसलाई खेतबारीको काम गर्न रोकेन लकडाउनले

शहरलाई ताजा तरकारी खुवाउने गाउँका किसान, जसलाई खेतबारीको काम गर्न रोकेन लकडाउनले

अमित मचामसी/पहिलोपोस्ट


कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण शहर बजार लगभग शान्त छ। तर, ग्रामीण भेगमा भने खेतको काम गर्न किसानहरुलाई भ्याईनभ्याई छ। यो प्रिमनसुनको समय भएकाले पनि चाँगुनारायण नगरपालिकाका किसानलाई अहिले आलु खन्न चटारो परेको छ।

ग्रामिण भेगका किसानले उत्पादन गरेका ताजा तरकारी शहरसम्म पुग्ने गर्छ। तर, लकडाउन लम्बिँदै जाँदा उनीहरुलाई तरकारी बिक्री गर्न मुस्किल हुने पक्का छ।

‘अब त आफ्नै खेतको तरकारी बेच्न पनि गाह्रो होला जस्तो छ,’ खेतमा आलु खन्दै गरेको एक किसानले भने।

लकडाउनका कारण दैनिकी केही असहज भएतापनि किसानहरुले खेतको काम गर्न छाडेका छैनन्। यो लकडाउनको समयमा पनि ताजा तरकारी उपलब्ध गराउन किसानहरुको भूमिका महत्वपूर्ण छ।



ट्रेन्डिङ पोस्ट

Ncell