PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

पेट्रोलमा ट्यांकर चालकले पानी मिसाएको पुष्टि : निगम



रासस

पेट्रोलमा ट्यांकर चालकले पानी मिसाएको पुष्टि : निगम

काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्यांकर चालकले नै पानी मिसाएको खुल्न आएको छ। शुक्रवार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको ट्यांकरको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो।

उक्त पेट्रोल पम्पले आज बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो। पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो। सोलगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री बन्द गरिएको थियो।

पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा ट्यांकर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। ट्यांकर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell