PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भाटभटेनीमा ‘सपिङ’ गर्दा सामाजिक दुरी : ज्वरो परीक्षण र ह्याण्ड स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश

भाटभटेनीमा ‘सपिङ’ गर्दा सामाजिक दुरी : ज्वरो परीक्षण र ह्याण्ड स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश

प्रवीण रानाभाट/पहिलोपोस्ट


गत शुक्रवारबाट भाटभटेनी सुपरमार्केटले काठमाडौंका विभिन्न ६ स्थानका आउटलेटबाट सेवा दिन शुरु गरेको छ। लकडाउन जारी भएपछि टंगालस्थित मूल सुपरमार्केटबाट मात्रै सेवा दिइरहेकोमा शुक्रवारबाट कंलकी, पुलचोक, महाराजगंज, कोटेश्वर र भक्तपुरका आउटलेटबाट पनि सेवा शुरु गरेको हो।

यी सबै आउटलेटहरु बिहान १० बजेदेखि ७ बजेसम्म खुला हुने कम्पनीले बताएको छ। सुपरमार्केटमा किनमेल गर्दा एकपटकमा १० जनालाई मात्र प्रवेश गर्न दिइएको छ। प्रवेशअघि ग्राहकको ज्वरो परीक्षण गरिने र ह्याण्ड स्यानिटाइजर प्रयोग गराएर मात्र भित्र जान दिने कम्पनीले जनाएको छ।

सुपरमार्केट प्रवेश गर्नुअघि लाइनमा बस्नु पर्दा कम्तीमा तीन मिटरको दुरी बनाएर बस्ने व्यवस्था मिलाइएको छ। दुरी कायम गर्न गोलो घेरा समेत बनाइएको छ।

यस्तै, कम्पनीले ग्राहकलाई खरिद गर्ने सामाग्रीको सूची पहिले नै तयार गरेर सुपरमार्केट आउन भनेको छ। सकेसम्म थोरै समयमा सामान खरिद गरेर भिड कम गर्नका लागि कम्पनीले यस्तो आग्रह गरेको हो।

यसअघि लकडाउनका बीच पनि कम्पनीले पाँच हजार रुपैयाँभन्दा बढीको सामाग्री अनलाइनबाटै खरिद गर्नेलाई होम डेलिभरीको सुविधा उपलब्ध गराउँदै आएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell