PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

क्वारेन्टाइनबाट भागेका एक जनालाई प्रहरीले घरबाटै लियो नियन्त्रणमा



रासस

क्वारेन्टाइनबाट भागेका एक जनालाई प्रहरीले घरबाटै लियो नियन्त्रणमा
फोटो : रासस (फाइल)।

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ। काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो।

ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिए। यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। 

यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची-१३ का एक जनालाई आज घरबाटै नियन्त्रणमा लिइ पुनः क्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell