PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

विश्व स्वास्थ्य संगठन सहयोगार्थ 'भर्चुअल कन्सर्ट' आयोजना, विश्वभरका सय कलाकार सहभागी



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठन सहयोगार्थ 'भर्चुअल कन्सर्ट' आयोजना, विश्वभरका सय कलाकार सहभागी

कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा अनलाइन कन्सर्ट आयोजना भयो। गायिका लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनको आयोजनामा 'वान वर्ल्ड – टुगेदर एट होम' नाम दिइएको कार्यक्रम आयोजना भएको हो।

शनिबार आयोजित भर्चुअल कन्सर्टमा विश्वभरका सय चर्चित गायक गायिका उक्त कन्सरटमा सहभागी छन्। ८ घण्टा लामो चल्ने कन्सर्टमा गायक गायिकाले आ- आफ्नै घरबाट प्रस्तुति दिइ रहेका छन्

कार्यक्रम अमेजन प्राइम भिडियो, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ट्यूनइन, युट्युब, एपल म्युजिक र एमल टिभीमार्फत् प्रसारण भएको थियो। कार्यक्रमको उद्देश्य विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने समेत रहेको थियो। 

लेडी गागाले कार्यक्रम बारे बीबीसीसँग भनिन्,'यस कार्यक्रम केवल फन्ड जम्मा गर्नको लागि आयोजना गरिएको होइन। यस आपत्कालिल परिस्थितिमा अगाडि उभिएर खटिएका स्वास्थ्यकर्मीलाई सम्मान अभिव्यक्त गर्नका लागि पनि हो।'

ऐनी लेनक्सले भनिन्,'स्वास्थ्य संकटसँग जुध्न विश्व स्वास्थ्य संगठनको हात दह्रो बनाउनु पर्छ। त्यसैका लागि हो यो पहल।'

गायक रीटा ओरा, जमीला जमील, एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्यूर्टो रिको, लुई फान्सी, बैण्ड द किलर्स, शैरिल क्रो, एडम लैम्बर्ट लगायत कलाकार पनि सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell