PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लकडाउनको समयमा दैनिक ३ सय सवारी प्रहरी नियन्त्रणमा

लकडाउनको समयमा दैनिक ३ सय सवारी प्रहरी नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले लकडाउनको समयमा अत्यआवश्यक बाहेक अन्य सवारी साधनलाई गुड्न निषेध गरेको छ। तर अहिले काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्दै दैनिक ३ सय सवारी साधन चल्ने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक ३ सय सवारीलाई नियन्त्रणमा लिने गरेको छ।

'हामीले पटक पटक भनेका छौं। तर विभिन्न वहान बनाएर सडकमा निस्किएको भेटिन्छ।' महाशाखाका प्रमुख भीम ढकालले भने। प्रहरीले सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर साँझ सवारीधनीलाई बुझाउने गरेको छ।

शनिवार दिनभरमा ३ सय २ वटा सवारीलाई नियन्त्रणा लिएको प्रहरीले जानकारी दिएको छ। २ सय ८३  वटा दुई पाङ्ग्रे र १९ वटा चारपाङग्रे वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell