PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

राहत बाँड्दा बाँड्दै लुटियो, पाँच जना समातिए



पहिलोपोस्ट

राहत बाँड्दा बाँड्दै लुटियो, पाँच जना समातिए

काठमाडौं : लकडाउनको समयमा मजदूर तथा विपन्न परिवारको लागि बाडिएको राहत लुटिएको छ।

पर्साको पर्सागढी गाउँपालिका वडा नम्बर ५ पचमुखटी टोलमा राहत वितरण गर्दा लुटपाट तथा कुटपिट भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सोही टोलमा बस्ने २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय समम्सुल हवारी,  ४० वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले राहत वितरण गर्ने क्रममा राहत बाड्ने व्यक्तिमाथि हातपात गरेर राहतका सामाग्रीहरु समेत लुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell