PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

बिस्तारै तङ्ग्रिदै अमेरिकी राज्यहरु, 'सुरक्षित र चरणवद्ध' रुपमा खुल्न ट्रम्पको निर्देशन



पहिलोपोस्ट

बिस्तारै तङ्ग्रिदै अमेरिकी राज्यहरु, 'सुरक्षित र चरणवद्ध' रुपमा खुल्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको केही राज्य बिस्तारै खुल्दै जाने बताएका छन्। ह्वाइट हाउसको नियमित ब्रिफिङमा उनले केही राज्यहरूले सुरक्षानीति अपनाउँदै क्रमवद्ध रुपमा खुला गर्ने जानकारी दिएको बताएका हुन्।  

ट्रम्पका अनुसार टेक्सास र वर्माउन्टमा सोमबारदेखि केही व्यापार, व्यवसाय सञ्चालनमा आउँनेछन्। त्यहाँ सामाजिक दूरी भने कायम रहने उनको तर्क छ।

उक्त खबर विहीबार ट्रम्पले कहाँ, कसरी खुला गर्न सकिन्छ? भन्ने बारे निर्देशिका सार्वजनिक गरेपछि आएको हो। निर्देशिकामा उनले अमेरिका कसरी पुन: संचालनमा ल्याउने र त्यहाँको अर्थ व्यवस्था कसरी चालु राख्न सकिन्छ भन्ने बारे नीतिहरु सुनाएका थिए। भनेका थिए,'अमेरिकीहरु खुला रहन चाहन्छन्। लकडाउन कोरोना भाइरसविरुद्धको दीर्घकालिन उपाय होइन।'

निर्देशिकामा सामाजिक दूरी कायम राख्ने र 'ट्रेसिङ र टेस्टिङ' पहिलो चरणको योजनाका रुपमा अघि सारिएको छ। अनावश्यक यात्रा नगर्न र सामूहिक जमघट नगर्न भनिए पनि रेस्टुरेन्ट, कार्यालय, खेल मैदान आदी भने शारीरिक तथा भौतिक दूरी कायम गर्दै सञ्चालन गर्न सकिने जनाइएको छ।

दोस्रो चरणमा स्कूलहरु खुल्ने र यात्रुहरुलाई कुनै किसिमको केरकार नगर्ने योजना ट्रम्पले अघि सारेका थिए। त्यस्तै तेस्रो चरणमा सार्वजनिक छलफल खुला गरिने, अस्पताल र केयर होमको सेवा फेरि सुरु गर्न सकिने जनाइएको छ। तेस्रो चरणलाई 'न्यू नर्मल' हुन सक्ने बताइएको छ।

भलै केही राज्यले भने बजार पुन: चालु गर्ने निर्णय ठीक नभएको बताएका छन्। उनीहरुले कोरोना संक्रमण परीक्षणलाई तिव्र रुपमा अघि बढाउनु पर्ने माग राखेको बीबीसीमा जनाइएको छ। 

हालसम्म अमेरिकामा ७ लाख ३८ हजार ९ सय १३ संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३९ हजार १५ रहेको छ। ६८ हजार २ सय ५९ संक्रमित भने उपचार पछि ठीक भएर घर फर्किइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell