PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

अर्थ समितिको बैठक रोकिएपछि पूर्व प्रम भट्टराई आक्रोसित, सोधे : रोक्न कसको भिटो लागेको हो?



पहिलोपोस्ट

अर्थ समितिको बैठक रोकिएपछि पूर्व प्रम भट्टराई आक्रोसित, सोधे : रोक्न कसको भिटो लागेको हो?

काठमाडौं : अर्थ समितिको आज बस्ने बैठक स्थगित भएको छ। अभौतिक (भर्चुअल) बैठक बस्ने निर्णय भए पनि अवरुद्ध भएको हो।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बैठक स्थगित हुनुको विषयलाई लिएर कडा टिप्पणी गरेका छन्। 'अर्थ समितिको आज बस्ने तय भएको भर्चुअल बैठक फेरि स्थगित गरिएछ!,' भट्टराईले ट्विट गरेका छन्, 'सभामुख, सभापति, सचिव सबैजना सकारात्मक हुँदाहुँदै कसको भिटो लागेको हो?'

उनले संकटका बेला पूरै संसदको बैठक बस्न नसके पनि स्थायी संसद भनिने समितिहरूको बैठक बस्दा सरकारलाई लाभ हुने तर्क गरेका छन्। केही वैधानिक समस्या भए फुकाउन पर्ने समेत उनले संकेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell