PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

रङ्गकर्मीलाई राहत बाढ्दै नाट्यकर्मी महासंघ



पहिलोपोस्ट

रङ्गकर्मीलाई राहत बाढ्दै नाट्यकर्मी महासंघ

काठमाडौं : नाट्यकर्मी महासंघ नेपालले नेपाली रङ्गकर्मीहरुलाई राहत उपलब्ध गराउने भएको छ। महासंघले विज्ञप्ती जारी गर्दै उक्त सूचना दिएको हो। लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको समयमा दैनिक वा अन्य कार्यक्रममा आधारित आयस्रोत भएका रङ्गकर्मीहरुलाई राहत दिन लागिएको हो।

विज्ञप्तीमा लेखिएको छ,'काठमाडौंमा भएका रङ्गकर्मीहरु लकडाउनको चपेटामा परेको कुरा आउन थालेका छन्। जसले महासंघको ध्यानाकर्षण भएको छ।'

महासंघले स्थानीय राहत वितरण समितिसँग समन्वय गरी राहत दिन लागेको जनाइएको छ। समितिको दोस्रो चरणको राहत वितरणमा आवश्यक रङ्गकर्मीलाई समेट्न लागेको हो।

राहतका लागि रङ्गकर्मीले वैशाख १० गते भित्र नाम टिपाउनु पर्नेछ। नाम, हाल बस्दै आएको र स्थायी ठेगाना, सम्पर्क नम्बर, रङ्गकर्मी भएको प्रमाण, परिवार संख्या र घरधनीको सम्पर्क नम्बरसहित महासंघमा सम्पर्क गर्न आह्वान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell