PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्वप्रकाशले प्रधानमन्त्रीलाई भने: आजको `तेस्रो विश्वयुद्ध´का कमाण्डर स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुस्



पहिलोपोस्ट

विश्वप्रकाशले प्रधानमन्त्रीलाई भने: आजको `तेस्रो विश्वयुद्ध´का कमाण्डर स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुस्

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन माग गरेका छन्। भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेहरुलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

विश्वप्रकाशले कोरोना भाइरसको संक्रमण आजको `तेस्रो विश्वयुद्ध´ जस्तै भएको र त्यसका कमाण्डर स्वास्थ्यकर्मीहरु भएकाले कमान्ड गर्नेले लड्ने र बोल्ने स्पष्ट पारेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडियामा अन्तर्वार्ता दिएको भन्दै डाक्टर पुनलाई स्पष्टिकरण सोधेको छ। संकटका बेला स्वास्थ्यकर्मीको मनोबल गिराउन खोजेको र हतोत्साहित गर्न खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell