PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

धारचुलाको क्वारेन्टाइनमै किरिया बसेका वासुदेव आइपुगे नेपाल, घर पुर्‍याउने जिम्मा प्रहरीलाई

धारचुलाको क्वारेन्टाइनमै किरिया बसेका वासुदेव आइपुगे नेपाल, घर पुर्‍याउने जिम्मा प्रहरीलाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आमा बितेर भारतमै क्वारेन्टाइनमा किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्टलाई नेपाल ल्याइएको छ।

आइतबार दिउँसो वासुदेवलाई बलुवाकोटबाट सीमाको झोलुङ्गे पुलबाट नेपाल भित्र्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। उनलाई प्रशासन र प्रहरीको समन्वयमा घर पठाउने तयारी भइरहेको छ।

वासुदेवकी आमाको ६ दिनअघि मृत्यु भएको थियो। उनी ५ दिनदेखि बलुवाकोटमा किरिया बसेका थिए। सुरुमा उनी महाकाली नदीमा हाम फालेर नेपाल आउन खोजेका थिए।

उनको आज जिल्ला अस्पतालमा कोरोना संक्रमण भए नभएको र्‍यापिड टेस्ट गरिने छ। त्यसपछिमात्रै उनलाई घर लैजाने या नलैजान यकिन हुनेछ। भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले नेपालको दत्तुमा रहेका प्रहरीलाई बुझाएर फर्केका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell