PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा सातामा ६ दिन पालैपालो बैंकहरु खोल्ने बैंकर्स एसोसिएसनको निर्णय



राधेश्याम पटेल

वीरगंजमा सातामा ६ दिन पालैपालो बैंकहरु खोल्ने बैंकर्स एसोसिएसनको निर्णय

वीरगंज : लकडाउनको अवस्थामा आर्थिक गतिविधि सञ्चालन गरी राख्न वीरगंजका २७ वटा वाणिज्य बैंकहरु बिहान ११ देखि १ बजेसम्म सञ्चालन गर्न निर्णय भएको छ।

बैंकर्स एसोसिएसनको बैठकले बैशाख ७ गते आइतवारदेखि लागू हुने गरी साताको ६ दिन नियमित सेवा दिन बैंकहरु खोल्ने निर्णय गरेको ग्लोबल आइएमई बैंक घडीअर्वा शाखाका प्रबन्धक सन्तोष साहले बताए। बैठकमा सहभागी रहेका उनका अनुसार आइतवार ११, सोमवार १२, मंगलवार १२ वटा, बुधवार १० वटा, बिहीवार ११ वटा र शुक्रवार १३ वटा विभिन्न बैंकका शाखाहरु खुल्ने छलफलबाट निर्णय भएको हो।

आइतवार कृषि विकास बैंक श्रीपुर, एभरेष्ट बैंक आदर्शनगर, हिमालयन बैंक, कुमारी बैंक, मेघा बैंक, नबिल बैंक आदर्शनगर, नेपाल बैंक आदर्शनगर, एनआइबिएल, एनआइसी एशिया आदर्शनगर, राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर र सानिमा बैंक सञ्चालन हुनेछन्। सोमवार एडिबिएल वीरगंज, सिटिजन बैंक, सिभिल बैंक, ग्लोबल आदर्शनगर, नबिल श्रीपुर, नेपाल क्रेडिट एन्ड वाणिज्य बैंक, नेपाल एसबिआइ आदर्शनगर, एनएमबि, प्रभु, प्राइम कमर्शियल, राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर, सिद्धार्थ बैंक आदर्शनगर शाखा खोल्ने निर्णय भएको छ।

त्यसैगरी मंगलवार बिओके, सेन्चुरी, एभरेष्ट, लक्ष्मी बैंक, माछापुच्छ्रे, नबिल बैंक आदर्शनगर, नेपाल बंगलादेश, नेपाल बैंक माईस्थान, राष्ट्रिय वाणिज्य बैंक श्रीपुर, स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंक खोलिने छन्। बुधवार एडिबिएल पोखरिया, कुमारी, मेगा आदर्शनगर, नबिल आदर्शनगर, नेपाल बैंक श्रीपुर, एनआइबिएल, एसबिआइ आदर्शनगर, राष्ट्रिय वाणिज्य आदर्शनगर, सानिमा र सिद्धार्थ बैंक मुर्लीचोक शाखा खोल्ने निर्णय भएको छ।

बिहीवार कृषि विकास वीरगंज, सिटिजन, सिभिल, ग्लोबल आइएमई घडिअर्वापोखरी, मेगा लिंकरोड, नेपाल क्रेडिट एन्ड वाणिज्य बैंक, एनआइसी एशिया श्रीपुर, एनएमबी बैंक (प्रभु), प्राइम कमर्शियल, राष्ट्रिय वाणिज्य बैंक सञ्चालन हुनेछ भने शुक्रवार बिओके, सेन्चुरी, एभरेष्ट, लक्ष्मी, माछापुच्छ्रे, नबिल, नेपाल बंगलादेश, नेपाल बैंक सिटी अफिस, एसबिआई श्रीपुर, राष्ट्रिय वाणिज्य बैंक श्रीपुर, सिद्धार्थ बैंक आदर्शनगर, स्ट्यान्डर्ड चार्टड र सनराइज बैंक खोलिने एसोसिएसनले जानकारी गराएको छ।

बैंकिङ कारोबारअन्तर्गत जम्मा, भुक्तानी, चेक क्लियरिङ, कर्मचारीको तलब भत्ता सम्बन्धी र अतिआवश्यक मालसामानको खरिद बिक्री र आयात प्रयोजनका आर्थिक कारोबार हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell