PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

वासुदेवको स्वास्थ्य परीक्षण गरी एम्बुलेन्समा घर पठाइयो, आरडीटी रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

वासुदेवको स्वास्थ्य परीक्षण गरी एम्बुलेन्समा घर पठाइयो, आरडीटी रिपोर्ट नेगेटिभ

काठमाडौं: घरमा आमा बित्दा किरियाकर्म गर्न भारतीय क्वारेन्टाइनबाट नेपाल ल्याइएका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्टलाई आइतबार साझ स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ।

जिल्ला अस्पतालमा उनको ज्वरो तथा र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) गरिएको हो। आरडीटी रिपोर्ट नेगेटिभ आएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। स्वास्थ्य परीक्षणपछि उनलाई नगरपालिकाको एम्बुलेन्समा राखेर घर पठाइएको कुँवरले जानकारी दिए। उनी ३ घण्टामा घर पुग्नेछन्।

वासुदेवलाई भारतको पिथौरागढ जिल्ला बलुवाकोटस्थित क्वारेन्टाइनबाट ४ सय मिटरको दुरीमा रहेको दत्तुको सीमा झोलुङ्गे पुलबाट आज दिउँसो १ बजेतिर नेपाल ल्याइएको थियो। भारतीय सुरक्षाकर्मीले उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो।

वासुदेवकी आमाको वैशाख २ गते निधन भएको थियो। सोही दिन उनी महाकाली नदीमा हाम्हालेर घर आउन खोजेका थिए। भारतीय प्रहरीले रोकेपछि उनी क्वारेन्टाइनमा ५ दिनयता किरिया बसिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell